बिहीबार, जेठ २१, २०८३

वीरगञ्जबाट धानचामल आयात बढ्यो

 |  शुक्रबार, पुस १९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १९, २०८१
National life
Shivam cement

पर्सा- चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ। 

गत आर्थिक वर्षको सोही अवधिको  तुलनामा चालु आवमा  धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको छ। साथै राजस्व सङ्कलनको आधार पनि एक सय ४५ दशमलव २३ प्रतिशतले बढेको छ। गत आवको पाँच महिनामा रु दुई अर्ब ४० करोड ३१ लख ६४ बराबरको धान आयात भएको थियो। 

चालु आवको पाँच महिनामा रु ९२ करोड ८० लाख ९० हजार मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल आयात भएको छ। गत आवको सोही अवधिको तुलनामा चालु आवमा चामल आयात ५४ दशमलव १२ प्रतिशत र राजस्व सङ्कलनको आधारमा २० दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ।

प्रकाशित: Jan 03, 2025| 08:45 शुक्रबार, पुस १९, २०८१
प्रतिक्रिया दिनुहोस्