बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • जापान जाने तयारीमा रहेकी युवती होटलमा मृत फेला, सँगै बसेका युवक फरार

जापान जाने तयारीमा रहेकी युवती होटलमा मृत फेला, सँगै बसेका युवक फरार

 |  बिहीबार, पुस १८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १८, २०८१

काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत फेला परेकी युवती एक युवकसँग होटलमा बस्न पुगेकी प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

National life

प्रहरीका अुनसार कागेश्वरी मनोहरा ठेगाना भएकी २१ वर्षीय सुस्मिता खड्काको शव फेला परेको हो। नयाँ वर्षको अघिल्लो दिन दुईजना होटलमा बस्न गएका थिए। होटल सञ्चालकका अनुसार भोलिपल्ट ती युवक होटलकै ताला बाहिरबाट लगाएर केहीबेरमा आउँछु भन्दै निस्किएका थिए।

उनी नफर्केपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा बुधबार दिउँसो ढोका फुटाएर हेर्दा युवतीको शव बेडमा थियो।

प्रहरीका अनुसार फरार युवकको लोकेसन पत्ता लागिसकेको छ। उनी चाँडै प्रहरी नियन्त्रणमा आउने प्रहरीले बताएको छ। फरार युवकको जापान फर्कने मिति बिहीबार (आज) नै देखिएको छ।

युवतीको हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। उनी स्नातक तह तेस्रो वर्षमा अध्ययनरत थिइन्। मृतकका परिवारले प्रहरी वृत्त गौशालामा घटना अनुसन्धानका लागि जाहेरी दिएका छन्।

Shivam cement

सुस्मिता जापान जाने तयारीमा थिइन्। उनी केही दिन अघिमात्र जापानबाट नै नेपाल फर्किएका युवकसँग कोठामा बस्न पुगेको खुलेको छ।

 

प्रकाशित: Jan 02, 2025| 13:42 बिहीबार, पुस १८, २०८१
प्रतिक्रिया दिनुहोस्