शनिबार, पुस ५, २०८२

बालगायक सचिन परियारको निधन

 |  बिहीबार, पुस १८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १८, २०८१

काठमाडौं- बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा हिजो बुधबार भर्ना भएका उनको आज बिहान करिब १० बजे निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन्।

National life

उनी १३ वर्षका थिए। मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिक रूपमा कमजोर थिए। पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका देखिएका थिए। 

सचिनको स्वास्थ्यमा समस्या आएको र उपचारको लागि रकम आवश्यक भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोग मागसमेत गरेको थियो।

भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीत सामाजिक सञ्जालमा छाएका छन्। सचिनले महानयक राजेश हमालसँग पनि एक म्युजिक भिडियोमा अभिनय गरेका थिए। हास्य श्रृंखला ‘मेरी बास्सै’मा पनि उनी देखिएका थिए।

प्रकाशित: Jan 02, 2025| 12:46 बिहीबार, पुस १८, २०८१
प्रतिक्रिया दिनुहोस्