बिहीबार, जेठ २१, २०८३

पिंगलास्थानको होटलमा युवती मृत फेला

 |  बिहीबार, पुस १८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १८, २०८१

काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छिन्।

National life

अन्दाजी २२-२३ वर्षकी युवती बुधबार दिउँसो होटलको कोठा नम्बर ३०८ मा मृत फेला परेको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो ढोका नखुलेपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा कोठाको ढोका खोलेर हेर्दा युवतीको शव फेला परेको हो।

घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट घटनाको अनुसन्धन अघि बढाइएको छ।

 

Shivam cement

प्रकाशित: Jan 02, 2025| 12:42 बिहीबार, पुस १८, २०८१
प्रतिक्रिया दिनुहोस्