बिहीबार, जेठ २१, २०८३

नेपालकी पहिलो महिला राजदूत शाहको निधन

 |  बिहीबार, पुस १८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १८, २०८१

काठमाडौं- नेपाल सरकारको परराष्ट्र सेवामा लामो समय योगदान पुर्‍याएकी बिन्देश्वरी शाहको निधन भएको छ। बिहीबार बिहान ९१ वर्षको उमेरमा उनको निधन भएको हो।

National life

भारतको कर्सियोङमा जन्मेकी शाहले सेन्ट हेलेन्स कन्भेन्ट, कुर्सियोङबाट स्कुले शिक्षा लिएकी थिइन्। उनले अमेरिकाको बर्नार्ड कलेज, कोलम्बिया विश्वविद्यालयबाट स्नातक र जोन्स हप्किन्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरेकी थिइन्।

शाहले सन् १९५९ मा नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा सेवा सुरू गरेकी थिइन्। उनले वासिङटन डिसी, ढाका र नयाँ दिल्लीमा विभिन्न कूटनीतिक जिम्मेवारी सम्हालेकी थिइन्। सन् १९८८ मा भारतका लागि राजदूत नियुक्त भएकी शाह नेपालकी पहिलो महिला राजदूत हुन्।

सन् १९६६ मा उनले डा. नारायण केशरी शाहसँग विवाह गरेकी थिइन्। उनका दुई छोरा अनिल केशरी शाह र उज्वल केशरी शाह छन्। अनिल पूर्वबैंकर हुन्। उज्वलको भने पहिले नै निधन भइसकेको छ।

 

Shivam cement

प्रकाशित: Jan 02, 2025| 12:32 बिहीबार, पुस १८, २०८१
प्रतिक्रिया दिनुहोस्