बुधबार, असार ३२, २०८२

नारच्याङ बेँसीमा खानेपानी आयोजना निर्माण सुरु

 |  बिहीबार, पुस १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १८, २०८१

vianetvianet

म्याग्दी- अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ बेँसीमा रु. एक करोडभन्दा बढीको लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको छ।

ब्रिटिस गोर्खा वेयलफेयर आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा रु. एक करोड आठ लाख ३१ हजार सात सय ५६ को लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको हो। आयोजनाबाट नारच्याङ बेँसी गाउँका एक सय ९० परिवार लाभान्वित हुने अन्नपूर्ण गाउँपालिका-४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताए।

विद्यालय, स्वास्थ्य चौकी, युवा क्लब, आमा समूह, मन्दिर र छात्रावासमा पनि धारा जडान गरिने जनाइएको छ। गोर्खा वेयलफेयरको रु. ८७ लाख ६५ हजार छ सय ७२ अनुदान रहने आयोजना निर्माणमा उपभोक्ताले रु. २० लाख ६६ हजार ८३ बराबरको श्रमदान गर्नुपर्नेछ। 

आगामी चैत महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित मुहान, ट्यांकी, धारा र पाइपलाइनको काम तीव्र गतिमा भइरहेको छ। 

प्रकाशित: Jan 02, 2025| 09:01 बिहीबार, पुस १८, २०८१
प्रतिक्रिया दिनुहोस्