बिहीबार, जेठ २१, २०८३

भीडमा ट्रक घुस्दा १० जनाको मृत्यु

 |  बुधबार, पुस १७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, पुस १७, २०८१

अमेरिकाको न्यु अर्लिन्समा बुधबार गाडीले मानिसहरूको भीडलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। घटनामा ३० जना घाइते भएका छन्। 

National life

यो घटना न्यु अर्लिन्सको एक लोकप्रिय पर्यटकीय क्षेत्र बोर्बोन स्ट्रिटमा भएको हो। न्यु अर्लिन्स आपत्कालीन तयारी कार्यक्रम (एनओएलए रेडी)ले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएको छ। आपत्कालीन अधिकारीहरूले घटनाको समय भने उल्लेख गरेका छैनन्। फ्रेन्च क्वार्टर भनिने त्यो क्षेत्रमा नयाँ वर्षको उत्सव मनाउने मानिसहरूको घुइँचो हुने गर्छ।

अमेरिकी सञ्चार माध्यम सीबीएस न्युजले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै एउटा ट्रकले उच्च गतिमा भीडलाई ठक्कर दिएको र त्यसपछि चालक बाहिर हामफालेर हतियार चलाउन थालेको बताएको छ।

प्रहरीले पनि जवाफी फायर गरेको छ। घटना आतंकवाद प्रेरित हो कि होइन भन्नेमा अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ।

घटनाबारे संघीय जाँच ब्युरो (एफबीआई)ले अनुसन्धान सुरु गरेको जनाइएको छ । एफबीआईका विशेष एजेन्ट अल्थिया डन्कनले घटनास्थलमा सम्भावित विस्फोटक उपकरण फेला पारेको बताएका छन् ।

Shivam cement

प्रकाशित: Jan 01, 2025| 19:38 बुधबार, पुस १७, २०८१
प्रतिक्रिया दिनुहोस्