बिहीबार, जेठ २१, २०८३

गाउँमा सडक पुग्दा बिक्छ कृषि उपज

 |  बिहीबार, पुस १८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १८, २०८१

भोजपुर- ग्रामीण भेगसम्म सडक विस्तार भएपछि स्थानीय उत्पादनको बजारीकरण सहज भएको छ। ग्रामीण भेग सडक सञ्जालबाट जोडिएपछि कृषि उपज बेचेर यहाँका किसान आर्थिक रुपमा पनि सक्षम बनेका छन्।  

National life

सदरमुकामको देउराली चोकबाट चखेवाभञ्याङसम्मको ४२ किलोमिटर सडक कालोपत्र भएको छ। यो सडकबाट खोटाङ हुँदै काठमाडौं पुगिन्छ। स्थानीय बजारमा नबिकेका उत्पादन काठमाडौंलगायत सहरमा बिक्री हुने गरेको छ।   

यहाँ उत्पादन भएका कृषिउपज किसानले काठमाडौंबाहेक पूर्वी भेगका धरान, विराटनगरलगायत सहरमा पनि बेच्दै आएका छन्। केही व्यापारी धान-मकै किन्न घरखेतमा नै पुग्ने गरेको टेम्केमैयुङ-५ का किसान सन्तोष विष्टले बताए।

यसैबीच, जिल्लाको पूर्वी क्षेत्रबाट तराईका जिल्लासँग जोड्ने भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहजतासँगै यहाँका उत्पादनको बजारीकरण पनि सहज भएको छ। 

एसियाली विकास बैंकको ऋण सहयोगमा भोजपुर-लेगुवा ६६ किलोमिटर सडक कालोपत्र भएको छ। भोजपुरको लेगुवाबाट धनकुटा हुँदै धरान जोड्ने यो सडकमा नियमित रूपमा सार्वजनिक सवारीका साधन सञ्चालन भएपछि व्यापारीलाई पनि उद्यम गर्न सजिलो भएको छ। रासस

Shivam cement

प्रकाशित: Jan 02, 2025| 07:31 बिहीबार, पुस १८, २०८१
प्रतिक्रिया दिनुहोस्