बिहीबार, जेठ २१, २०८३

कालीगण्डकी कोरिडोर : माझीबस्ती-खनियाघाट खण्ड कालोपत्रे

 |  बुधबार, पुस १७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, पुस १७, २०८१

म्याग्दी- मालढुङ्गा-बेनी सडकअन्तर्गत माझीबस्ती-खनियाघाट खण्डमा कालोपत्र भएको छ। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो। 

National life

कुश्मा नगरपालिका-१ माझीबस्तीबाट जलजला गाउँपालिका-८ खनियाघाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो। 

१३ किलोमिटर लामो बेनी-मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न ५२ करोड ८६ लाख रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भएको आयोजनाका सबइञ्जिनियर सोहनजङ्ग कार्कीले बताए।

विभिन्न स्थानमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार, ‘सवबेस’, ‘बेस’ राख्ने र ‘ग्रेडिङ’ जारी छ। 

यस्तै बोक्से-सिगाना सडक पनि धमाधम कालोपत्र भइरहेको छ। 

Shivam cement

दश किलोमिटर सडकमध्ये पहिलो चरणमा छ किमी कालोपत्र गर्न बोक्सेबाट काम सुरु भएको हो। आगामी चैतसम्ममा छ कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ  धमाधम काम भइरहेको छ। दश किमी कालोपत्र गर्न २९ करोड ३७ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको हो। रासस

प्रकाशित: Jan 01, 2025| 17:01 बुधबार, पुस १७, २०८१
प्रतिक्रिया दिनुहोस्