सर्लाही- सर्लाहीमा यात्रुबाहक बसले ठक्कर दिँदा सशस्त्र प्रहरी निरीक्षकको ज्यान गएको छ।
छतौनाबाट काठमाडौँतर्फ जान लागेको यात्रुबाहक बसले सर्लाहीको छतौना बिओपिका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक ४० वर्षीय बिजयकुमार तुलाधरलाई ठक्कर दिएपछि ज्यान गएको हो।
हुलाकी राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ९ स्थित सशस्त्र प्रहरिको छतौना बिओपि अगाडि गएअ राति ८:३० बजेको समयमा बा-प्रदेश-०१००६ख २००४ नम्बरको राजदेवी बसले ठक्कर दिँदा तुलाधर गम्भीर घाइते भएका थिए।
घाइते भएका तुलाधरको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए। प्रहरीले घटनास्थलबाट बसचालकसहित तीन जनालाई पक्राउ गरेको छ।