शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • फास्ट ट्र्याक निर्माणका लागि वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने

फास्ट ट्र्याक निर्माणका लागि वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने

 |  बुधबार, पुस १७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, पुस १७, २०८१

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेँसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति गर्ने भएको छ।

National life

विद्युत् अभावमा फास्ट ट्र्याकको निर्माण प्रभावित हुन नदिन प्राधिकरणले विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको छ। उक्त क्षेत्रका बासिन्दाको विद्युत् आपूर्तिमा भने कुनै समस्या छैन।  

फास्ट ट्र्याकको माण्डु माल्टाबेँसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, ग्यालरी सुरुङ, सुरुङलगायत संरचना निर्माणका लागि आवश्यक विद्युत् अभावमा निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी आपूर्ति दिन लागेको छ। फास्ट ट्र्याकलाई उक्त क्षेत्रमा करिब १२ मेगावाट विद्युत् आवश्यक पर्नेछ। त्यस क्षेत्रमा चार प्याकेजमा निर्माण भइरहेको छ।

विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाअन्तर्गत कुलेखानी पहिलो जलविद्युत केन्द्र ढोर्सिङबाट माण्डुसम्मको पहिले चालु रहेको ६६ केभी लाइनलाई ११ केभीमा सञ्चालनमा ल्याइने छ। 

काठमाडौँमा जगेडामा रहेको २२.५ एमभीएको पावर ट्रान्सफर्मरलाई ढोर्सिङ सबस्टेसनमा लगेर त्यहाँ जडान गरी सोहीमार्फत फास्ट ट्र्याकका लागि आवश्यक विद्युत् आपूर्ति दिइनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 01, 2025| 09:01 बुधबार, पुस १७, २०८१
प्रतिक्रिया दिनुहोस्