शुक्रबार, पुस ४, २०८२

चितवनमा गैँडाको आक्रमणबाट दुई घाइते

 |  मंगलबार, पुस १६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १६, २०८१

National life
Laxmi sunrise bank
kumari

चितवन- पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन्। खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएकी हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार मंगलबार बिहान ६:२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो।

घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिए।

प्रकाशित: Dec 31, 2024| 16:31 मंगलबार, पुस १६, २०८१
प्रतिक्रिया दिनुहोस्