काठमाडौं, तार्केश्वर नगरपालिका-२ काभ्रेस्थलीस्थित सडकमा बा.९६ प ६५४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सखुंवासभा चैनपुर नगरपालिका-९ घर भई काठमाडौं बौद्ध बस्ने ३३ वर्षीय कमल राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रीनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
ललितपुर, ललितपुर महानगरपालिका-१८ मगरगाउँस्थित सडकमा बा.२ ख ३१०२ नम्बरको माइक्रोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएकी ३५ वर्षीया गोमा मगरको सोमबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। माइक्रोले रोकी राखेको बा.७ च ५९८७ नम्बरको बोलेरो गाडी र पैदलयात्रीलाई समेतलाई ठक्कर दिई दुर्घटना भएको थियो। माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-१८ सौराहास्थित सडकमा लु.२६ प ६३०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय डोलराज थारूको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।
बाँके, बैजानाथ गाउँपालिका-५ स्थित सडकमा भे.१२ प ८७८६ नम्बरको मोटरसाइकल साइकलसँग सोमबार साँझ ठक्कर खाई पुन: भे.९ प ९६६ नम्बरको स्कुटरमा समेत ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका-३ बस्ने ३० वर्षीय नोशन चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका साइकलयात्री र स्कुटरमा सवार २ जना सोही अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन्।
बारा, सिम्रौनगढ नगरपालिका-११ लक्ष्मीनिया चोकमा म.प्र.२-०३-००७ प २०६० नम्बरको मोटरसाइकल र बा.प्र.०१-०३ च ४०७८ नम्बरको पिकअप एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहट कटहरीया नगरपालिका-२ बिर्ती टोल बस्ने २५ वर्षीय सुरेश यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैया हुँदै नेशनल मेडिकल कलेज वीरगंज पर्सामा थप उपचारको क्रममा मृत्यु भएको हो। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
डडेल्धुरा, आलिताल गाउँपालिका-१ घण्टेश्वर मन्दिर नजिक साहुखर्कबाट गैरातर्फ जाँदै गरेको से.२ त २४३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक कैलाली घोडाघोडी नगरपालिका-१० पहलवानपुर बस्ने ३० वर्षीय बिशाल चौधरीको घटनास्थलमै मृत्यु भएको छ।
सर्लाही, बरहथवा नगरपालिका-९ मधुवनीस्थित शान्ति चोकमा ज.१ त ९८७६ नम्बरको ट्याक्टर र ज.४ प ३७७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक बरहथवा नगरपालिका-५ राजुचोक बस्ने २५ वर्षीय हरिन्द्र महतोको एड्भान्स सञ्जीवनी अस्पतालमा र मोटरसाइकलमा सवार २२ वर्षीय पुरूषोत्तम दासको बयोधा अस्पताल वीरगंज पर्सामा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।