शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • ललितपुरको मगरगाउँमा माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुरको मगरगाउँमा माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु

 |  मंगलबार, पुस १६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १६, २०८१

National life
Laxmi sunrise bank
kumari

ललितपुरमा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। सोमबार साँझ ललितपुर महानगरपालिका-१८ मगरगाउँस्थित सडकमा बा २ ख ३१०२ नम्बरको माइक्रोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो।

मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका-७ घर भई मगरगाउँ बस्दै आएकी ३५ वर्षीया गोमा मगर हुन्। ठक्करबाट गम्भीर घाइते भएकी उनलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो।

माइक्रोले रोकी राखेको बा ७ च ५९८७ नम्बरको बोलेरो गाडी र पैदलयात्रीलाई ठक्कर दिएर दुर्घटना भएको थियो। माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Dec 31, 2024| 11:48 मंगलबार, पुस १६, २०८१
प्रतिक्रिया दिनुहोस्