बिहीबार, साउन ८, २०८२

काभ्रेस्थलीमा मोटरसाइकल दुर्घटना पछाडि बस्नेको मृत्यु

 |  मंगलबार, पुस १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १६, २०८१

vianetvianet

काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार राति तार्केश्वर नगरपालिका-२ काभ्रेस्थलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले हो।

बा ९६ प ६५४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा त्यसमा सवार संखुवासभाको चैनपुर घर भई काठमाडौंको बौद्ध बस्ने ३३ वर्षीय कमल राईको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि ग्रीनसिटी अस्पताल बसुन्धारा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Dec 31, 2024| 11:45 मंगलबार, पुस १६, २०८१
प्रतिक्रिया दिनुहोस्