बिहीबार, जेठ २१, २०८३

बैतडीमा ४.६ म्याग्नेच्युडको भूकम्प

 |  मंगलबार, पुस १६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १६, २०८१
National life
Shivam cement

बैतडी- बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७:५४ बजे ४.६ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का महसुस बैतडीसहित, बझाङ, डडेल्धुरा, डोटीमा गरिएको छ। भूकम्पबाट के कति क्षति भयो भन्ने अहिलेसम्म  जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: Dec 31, 2024| 09:25 मंगलबार, पुस १६, २०८१
प्रतिक्रिया दिनुहोस्