शुक्रबार, पुस १९, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • सर्लाहीमा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

Siddartha premir insuranceSiddartha premir insurance

सर्लाहीमा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

 |  मंगलबार, पुस १६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १६, २०८१

ntc landingntc landing

सर्लाही- नयारोड सडकखण्डमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल गए राति आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

himalayan bank box

बरहथवा नगरपालिका- ९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ।

मृत्युहुनेमा मोटरसाइकल चालक बरहथवा- ५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनामा संलग्न ट्रयाक्टर, चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Dec 31, 2024| 08:36 मंगलबार, पुस १६, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्