बिहीबार, जेठ २१, २०८३

दुर्घटना न्यूनीकरण गर्न भालुवा-नर्ती सडकमा 'टाइमकार्ड'

 |  सोमबार, पुस १५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस १५, २०८१
National life
Shivam cement

तुलसीपुर- दुर्घटना न्यूनीकरण गर्न पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ–नर्ती सडकमा समय सीमा (टाईम कार्ड) निर्धारण गरिएको छ। आजदेखि १५ किलोमिटर क्षेत्रमा टाइमकार्ड लागू भएको हो। 

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय दाङलगायतका सरोकारवाला कार्यालयको बैठकले यस्तो निर्णय गरेपछि आजदेखि टाइमकार्ड लागू भएको समन्वय समितिको प्रमुख अधिकारी कृष्णप्रसाद लम्सालले बताए। उनका अनुसारप्रति घण्टा ४० किलोमिटरको गतिमा चलाउने गरि टाइमकार्ड लागू गरिएको हो।  

जिल्लामा पछिल्लो समय दुर्घटनाका जोखिम बढिरहेका छन्। साथै सोही सडकबिचमा पर्ने खाल्डाखुल्डी पुर्नेसमेत निर्णय भएको छ।  

प्रकाशित: Dec 30, 2024| 10:01 सोमबार, पुस १५, २०८१
प्रतिक्रिया दिनुहोस्