बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • द्वन्द्वका कारण गत १५ महिनामा गाजामा १७ हजार बढी बालबालिकाको मृत्यु : राष्ट्रसंघ

द्वन्द्वका कारण गत १५ महिनामा गाजामा १७ हजार बढी बालबालिकाको मृत्यु : राष्ट्रसंघ

 |  सोमबार, पुस १५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस १५, २०८१

नयाँ दिल्ली- संयुक्त राष्ट्र सङ्घले आफ्नो प्रतिवेदनमा विश्वका १९ प्रतिशत बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा बस्ने तथा ४७ करोड २० लाख द्वन्द्व र हिंसाका कारण विस्थापित भएको बताएको छ।

National life

शनिबार जारी गरिएको अध्ययनमा संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले प्यालेस्टाइन, म्यानमार, हाइटी र सुडान जस्ता क्षेत्रमा चलिरहेको द्वन्द्वलाई प्रकाश पार्दै विश्व दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब द्वन्द्वको सामना गरिरहेको बताएको छ।

गाजा र युक्रेनमा भएको द्वन्द्वमा हजारौं बालबालिका मारिएका तथा घाइते भएकाले सन् २०२३ को तुलनामा सन् २०२४ को पहिलो नौ महिनामा बढी बालबालिकाको मृत्यु भएको राष्ट्रसङ्घले पुष्टि गरेको छ।

रिपोर्टका अनुसार इजरायल र प्यालेस्टाइन बीचको द्वन्द्वका कारण गत १५ महिनामा गाजामा कम्तिमा १७ हजार ४९२ बालबालिकाको मृत्यु भएको छ।

यसैबीच, युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले सन् २०२४ द्वन्द्वमा परेका बालबालिकाका लागि रेकर्डमा सबैभन्दा नराम्रो वर्ष हुने बताए।   -एएनआई

Shivam cement

प्रकाशित: Dec 30, 2024| 07:34 सोमबार, पुस १५, २०८१
प्रतिक्रिया दिनुहोस्