बिहीबार, असोज १५, २०८३

इराकबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता

 |  बिहीबार, असोज १५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०८३

काठमाडौं। अमेरिकाले इराकबाट आफ्ना सबै सैनिक फिर्ता गरेको छ। यससँगै आतंकवादी संगठन इस्लामिक स्टेट (आइएसआइएस) विरुद्ध १२ वर्षदेखि जारी अमेरिकी नेतृत्वको सैन्य अभियान अन्त्य भएको छ।

इराक र अमेरिकाबीच भएको सहमतिअनुसार सेप्टेम्बर ३० को समयसीमाभित्र अमेरिकी सेनाको अन्तिम टोली उत्तरी इराकको विमानस्थलबाट बाहिरिएको हो। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिर्तीलाई व्यवस्थित भन्दै अभियानलाई महँगो र कठिन भएको बताएका छन्। अमेरिकी रक्षा मन्त्रालयका अनुसार अब अमेरिकी सेनाले आवश्यकताअनुसार इराकी सुरक्षा निकायलाई तालिम र गुप्तचर सहयोग भने जारी राख्नेछ।

इराकी प्रधानमन्त्री अली अल–जैदीले अमेरिकी सेना फिर्तालाई इराकका लागि नयाँ चरणको सुरुवात भएको बताएका छन्। तर कुर्द क्षेत्रमा अमेरिकी सेना हटेपछि इस्लामिक स्टेट पुनः बलियो हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।

अमेरिकी सेना यसअघि २०११ मा इराकबाट बाहिरिएको थियो। तर २०१४ मा इस्लामिक स्टेटले इराकको ठूलो भूभाग कब्जा गरेपछि अमेरिकी नेतृत्वको सैन्य अभियान पुनः सुरु भएको थियो। अमेरिका र इराकले २०२४ मा उक्त अभियान क्रमशः अन्त्य गर्ने सहमति गरेका थिए।

प्रकाशित: Oct 01, 2026| 17:41 बिहीबार, असोज १५, २०८३
प्रतिक्रिया दिनुहोस्