बुधबार, पुस १७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

झारपातले कुरूप बन्दै राराताल

 |  आइतबार, पुस १४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस १४, २०८१

ntc landingntc landing

मुगु- मुलुकको ठूलो र प्राकृतिक सौन्दर्यले भरिएको राराताल पछिल्लो समय झारपातले कुरूप बन्दै गएको छ। तालको किनारमा बढ्दै गएको झारपातले पर्यावरणीय सन्तुलनमा असर पुर्‍याउनुका साथै तालको प्राकृतिक सुन्दरतामा पनि ह्रास आएको हो।

himalayan bank box

तालको पानी र किनार दुवै क्षेत्रमा झारपात तीव्र रूपमा फैलिएको छ। यसले तालको जैविक विविधतामा असर पुर्‍याउनका साथै तालको आकर्षण घटाएको छायाँनाथ रारा नगरपालिका-९ मुर्माका  स्थानीय शिक्षक नन्दसिंह रोकायाले बताए।

'रारातालको मुख्य आकर्षण यसको निलो पानी र सफा वातावरण हो, पछिल्लो समय बढ्दै गएको झारपातले सुन्दरता हराउँदै गएकाले समयमा सफाइ गर्नुपर्छ', उनले भने।

रोकायाले आफू सानै हुँदा ताल धेरै सफा देखिने गर्दथ्यो भन्दै आजभोलि अत्यधिक उर्मिएको झारपात र सरसफाइ नहुँदा ताल विरूप देखिन थालेको बताए। 'जताततै खुला सफा देखिने ताल आजभोलि दुर्गन्धित र विरूप देखिन थालेको छ', उनले भने।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयले झारपात नियन्त्रण गर्न केही पहल गरिरहेको भए पनि पर्याप्त साधन र स्रोतको अभावले समस्या भइरहेको जनाएको छ। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपाने रारातालको पश्चिमतर्फ, निजारलगायत केही स्थानमा भएको झारपात सफा गरी ताललाई सुन्दर रूप दिने योजना बनाइएको भन्दै तत्काल उक्त योजना कार्यान्वयन हुने जानकारी दिए।

राराताललाई दीर्घकालीन रूपमा संरक्षित गर्न योजनाबद्ध रूपमा झारपात नियन्त्रण, सरसफाइ अभियान र जैविक विविधताको संरक्षण गर्नुपर्ने विज्ञहरूको सुझाव छ। रासस

प्रकाशित: Dec 29, 2024| 18:31 आइतबार, पुस १४, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्