बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • हेडमास्टरले छात्रालाई यौन दुर्व्यवहार गरेपछि आन्दोलनमा उत्रिए विद्यार्थी

हेडमास्टरले छात्रालाई यौन दुर्व्यवहार गरेपछि आन्दोलनमा उत्रिए विद्यार्थी

 |  आइतबार, पुस १४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस १४, २०८१

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–२ मा अवस्थित श्री लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झाले ७ कक्षामा पढ्ने एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका छन्।

प्रअ झामाथि कानुनी कारबाहीको माग राख्दै उनीहरुले आन्दोलन गरेका हुन्।

प्रधानाध्यापक झाले छात्रामाथि पटकपटक यौन दुर्व्यवहार गरेको खुलेपछि विद्यार्थी र अभिभावकहरुले झालाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा दबाब दिएका छन् ।

यतिबेला जिल्ला प्रशासन कार्यालयअघि तनावग्रस्त अवस्था रहेको छ । जिल्ला प्रशासन कार्यालयमा ठूलाे स‌ंख्यामा  प्रहरी परिचालन गरिएकाे छ ।

 

प्रकाशित: Dec 29, 2024| 12:15 आइतबार, पुस १४, २०८१
प्रतिक्रिया दिनुहोस्