शुक्रबार, पुस ४, २०८२

सीएनएनको सूचीमा परिन् आरोही पूर्णिमा श्रेष्ठ

 |  आइतबार, पुस १४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस १४, २०८१

काठमाडौं- विश्व प्रसिद्ध सञ्चार संस्था सीएनएनले नेपालकी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वर्ष २०२४ को सफल खेलाडीको सूचीमा राखेको छ।

National life

सन् २०२४ मा विश्वभरमा उल्लेखनीय सफलता हासिल गरेका खेलाडीहरूलाई समेटिएको सूचीमा पूर्णिमा पनि परेकी हुन्। पूर्णिमाले दुई हप्तामा तीन पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएकी थिइन्। यो उपलब्धि केवल १३ दिनमा हासिल गरेको भन्दै श्रेष्ठलाई  सीएनएनले सूचीमा राखेको हो। श्रेष्ठ पेसाले फोटो पत्रकार हुन्।

‘मेरो शरीर थकित भएको थियो। म आफूलाई कहिलेकाहीँ मूर्ख महसुस गर्थें। उद्देश्यबाट पछि हटौं कि जस्तो लाग्थ्यो,’ सीएनएन स्पोर्टसँग उनले भनेकी छन्। धेरै खर्चका कारण यो काम मुस्किल भए पनि आफ्नो सपनामा अडिग भएकोले सफल हुन सकेको उनले बताएकी छन्।

पूर्णिमाले सन् २०२१ मा धौलागिरी हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बन्ने कीर्तिमान पनि राखेकी छिन्। पूर्णिमाले सीएनएनको सम्मानप्रति गौरवान्वित महसुस गरेको बताएकी छन्। सामाजिक सञ्जालमा सन्देश सेयर गर्दै उनले सन् २०२४ जीवनको एक ऐतिहासिक वर्ष बन्न पुगेको बताएकी छन्।

‘यो वर्ष सन् २०२४ मेरो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुग्यो। यसै वर्ष म एउटै आरोहण सिजनमा तीन पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने संसारकै पहिलो र एकमात्र महिला बन्न सफल भएँ। यस यात्रामा मलाई साथ र हौसला दिने मेरो परिवार, साथीहरू र सबै तपाईंहरूलाई धन्यवाद। आउँदो वर्ष सन् २०२५ अझ नयाँ उचाइहरू र साहसिक यात्राहरूको वर्ष बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ उनले भनिन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 29, 2024| 12:08 आइतबार, पुस १४, २०८१
प्रतिक्रिया दिनुहोस्