बिहीबार, साउन २८, २०८३

धावनमार्गमा चिप्लिएर बारमा ठोक्कियो विमान, १७९ जनाको मृत्यु

 |  आइतबार, पुस १४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस १४, २०८१

दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको छ।

त्यहाँका सञ्चार माध्यमहरुका अनुसार विमानमा सवार १८१ जनामध्ये दुई जनाको मात्र जीवितै उद्धार सम्भव भएको छ।

उनीहरु एक जना चालक दलका सदस्य र एक यात्रु हुन्। दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए।

योनहाप समाचार एजेन्सीका अनुसार थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो। विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए। उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए।

विमान दुर्घटनाको कारण खुलिसकेको छैन। विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो र त्यसपछि विमानमा आगो लागेको थियो।

विमान दुर्घटना दक्षिण कोरियाको जेओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो। यो विमानस्थल राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्छ।

दक्षिण कोरिया विमान दुर्घटना

korean_biman-1735438175.jpg
 

प्रकाशित: Dec 29, 2024| 11:18 आइतबार, पुस १४, २०८१
प्रतिक्रिया दिनुहोस्