काठमाडौं- कालिकोटको ओडानकु केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ३.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो ।
केही समययता बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पको धक्का महसुस भइरहेको छ।