बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै

कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै

 |  आइतबार, पुस १४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस १४, २०८१
National life
Shivam cement

सुर्खेत- कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुने भएका छन्। चालु आर्थिक वर्षभित्रमा ती जिल्लामा प्रयोगशाला स्थापना गरिने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी प्रविण कार्कीले बताए। 

प्रयोगशाला सञ्चालन गर्न नौ जन प्रयोगशाला प्राविधिकको दरबन्दी सृजना गरेर प्रक्रिया प्रारम्भ भएको उनले  जानकारी दिए। प्रदेश राजधानी सुर्खेतमा आर्थिक वर्ष २०७९/०८० मा प्रयोगशाला स्थापना भइसकेको छ। हाल उक्त प्रयोगशालाले कर्णालीका सबै जिल्लाको काम गर्दै आएको छ। वार्षिक रु. २० लाख आम्दानी पनि भएको उनले बताए। 

प्रयोगशालामा बालुवा, सिमेन्ट, गिट्टीलगायत निर्माण सामग्रीको गुणस्तर परीक्षण हुनेछ। ढलान भएका संरचना, कालोपत्र गरिएका सडक, ढलान हुनु अघिको ‘बेस’ र ‘सव-बेस’को ‘डेन्सिटी’ परीक्षण पनि हुनेछ। 

प्रकाशित: Dec 29, 2024| 09:01 आइतबार, पुस १४, २०८१
प्रतिक्रिया दिनुहोस्