शुक्रबार, पुस ४, २०८२

वालिङमा व्यावसायिक केराखेतीः वार्षिक चार लाख मुनाफा

 |  आइतबार, पुस १४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस १४, २०८१

स्याङ्जा- एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन्।  वालिङ नगरपालिका-१ धरम पानीका कृष्णप्रसाद ढुंगानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गएका हुन्।

National life

सबै खर्च कटाएर एक वर्षमा चार हजार पाँच सय दर्जन काँचो तथा पाकेका केरा बेच्दा त्यति रकम नाफा भएको उनले बताए। ‘मेरा बारीका केरा स्थानीय व्यापारीले बगैँचाबाट नै खरिद गर्छन्’, उनले भने। स्थानीय बजारमा केराको माग उच्च भए पनि मागअनुसार आपूर्ति हुन सकेको छैन।

तीन वर्षअघि किसान ढुंगानाले व्यावसायिक रूपमा केराखेती थालेका हुन्। व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती गर्न जग्गा सम्म्याउने क्रममा पुरुवा माटोमा केरा राम्रो हुन्छ भन्ने थाहा पाएपछि उनले केराखेती प्रारम्भ गरेका हुन्। उनको बगैँचामा स्थानीय र हाइब्रिड केरा फलेका छन्।

उद्यमी ढुंगानाले २० रोपनीमा केराखेती गर्दै आएका छन्। बगैँचामा झापाली मालभोग, चिनी केरा, पुरानो मालभोग, धुस्रे र स्थानीय मुग्रे गरी पाँच प्रजातिका केरा लगाएका छन्। उनले ४० रोपनीमा ड्रागन फ्रुटको खेती पनि गर्दै आएका छन्।

प्रकाशित: Dec 29, 2024| 08:14 आइतबार, पुस १४, २०८१
प्रतिक्रिया दिनुहोस्