बिहीबार, जेठ २१, २०८३

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु

 |  आइतबार, पुस १४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस १४, २०८१
National life
Shivam cement

काठमाडौं- दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ। एक सय ७५ जना यात्री र चालक दलका ६ जना सदस्य रहेको जेजु एयरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो।

समाचार एजेन्सी योनहापका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो। 

नेपाली समय अनुसार विमान बिहान ५:५२ मा दुर्घटनामा परेको हो। थप विवरणहरु भने आउन बाँकी छ।

प्रकाशित: Dec 29, 2024| 07:55 आइतबार, पुस १४, २०८१
प्रतिक्रिया दिनुहोस्