शनिबार, पुस २७, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • घोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

Siddartha premir insuranceSiddartha premir insurance

घोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

 |  शुक्रबार, पुस १२, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १२, २०८१

ntc landingntc landing

दाङ- दाङको घोराही उपमहानगरपालिकाले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ।

himalayan bank box

घोराहीका सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई इन्जिनियर र चिकित्सा शिक्षा पढ्न जनही तीन लाख र पाँच लाख छात्रवृत्ति दिने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए।

डाक्टर पढ्नेलाई छात्रवृत्तिवापत एकमुष्ट पाँच लाख र इञ्जिनियर पढ्नेलाई एकमुष्ट तीन लाख प्रदान गर्नेबारे उपमहानगर सार्वजनिक सूचनामार्फत सबैलाई सूचित गरेको छ। त्यस्ता विद्यार्थीले पुस ८ देखि माघ ८ गतेसम्म सामाजिक विकास महाशाखामा प्रमाण पुग्ने कागजसहित निवेदन दिनुपर्नेछ।

यो सुविधा पाउने विद्यार्थीले एसइई तथा प्लस टु सामुदायिक विद्यालयबाट उत्तीर्ण गरेको प्रमाणसहितका अन्य तोकिएका मापदण्ड पूरा गर्नुपर्ने जनाइएको छ।

प्रकाशित: Dec 27, 2024| 15:32 शुक्रबार, पुस १२, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्