मंगलबार, असार ३१, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन, भारतमा सात दिन राष्ट्रिय शोक

पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन, भारतमा सात दिन राष्ट्रिय शोक

 |  शुक्रबार, पुस १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १२, २०८१

vianetvianet

भारतका पूर्वप्रधानमन्त्री तथा दिग्गज कङ्ग्रेस नेता मनमोहन सिंहको बिहीबार नयाँ दिल्लीमा निधन भएको छ। उनी ९३ वर्षका थिए र लामो समयदेखि बिरामी थिए।

प्रख्यात अर्थशास्त्री र राजनीतिज्ञ सिंहलाई उनको स्वास्थ्य बिग्रिएपछि बिहीबार साँझ दिल्लीस्थित एम्समा भर्ना गरिएको थियो। सिंह स्वास्थ्यका कारण हालैका वर्षहरूमा राजनीतिबाट टाढा रहेका थिए।

सन् २०२४ सुरुदेखि नै उनको स्वास्थ्य राम्रो थिएन। उनको अन्तिम सार्वजनिक उपस्थिति जनवरी २०२४ मा उनकी छोरीको पुस्तक विमोचनमा भएको थियो।

उनी अप्रिल २०२४ मा राज्यसभाबाट सेवानिवृत्त भएका थिए।

सन् २००४ देखि २०१४ सम्म काङ्ग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपिए) अन्तर्गत गठबन्धन सरकारको नेतृत्व गर्दै मनमोहन सिंह लगातार दुई कार्यकाल प्रधानमन्त्री बनेका थिए।

सिंहको निधनमा भारत सरकारले सात दिन राष्ट्रिय शोक घोषणा गरेको छ। आजका लागि तय भएका सम्पूर्ण सरकारी समारोह रद्द गरिएका छन्। उनको अन्तिम संस्कार शनिबार राजकीय सम्मानका साथ गरिने भएको छ। थुप्रै राज्य सरकारहरुले पनि सिंहको निधनमा शोक घोषणा गरेका छन्।

मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एक गाउँमा भएको थियो। उनले क्याम्ब्रिजबाट मास्टर्स र अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गरेका थिए।
 

प्रकाशित: Dec 27, 2024| 09:33 शुक्रबार, पुस १२, २०८१
प्रतिक्रिया दिनुहोस्