शुक्रबार, पुस ४, २०८२

आचारसंहिता उल्लंघन गर्ने दुईवटा अनलाइन कालोसूचीमा

 |  शुक्रबार, पुस १२, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १२, २०८१

काठमाडौं- प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै थप दुई सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ। काउन्सिलले पत्रकारिताको आवरणमा गलत काम गर्दै आएको, धम्क्याएको, सञ्चारमाध्यमको आधारभूत चरित्र र धर्म समेत पालना नगरेको भन्दै कालोसूचीमा राखि थप कारवाही गर्ने निर्णय गरेको हो। 

National life

यसरी कालोसूचीमा पर्ने अनलाइन सञ्चारमाध्यममा दियोपोष्ट डट कम र हेर्दाहेर्दै डट कम रहेको काउन्सिसलले वेवसाइटमार्फत सार्वजनिक गरेको छ। 

दियोपोष्टले हुँदै नभएको विषय लेखि व्यक्तिको चरित्र हत्या गरेको, समाचारको नाममा धम्कीपूर्ण व्यवहार गरेको, बार्गेनिंग गरेको भन्दै काउन्सिलले विशेष अनुगमनमा राखेको थियो। उक्त अनलाइनविरुद्ध पछिल्ला ४ महिना यता ८ वटा लिखित उजुरी परेको र त्यसमाथि काउन्सिलले पटक पटक आचारसंहिता अनुकुल काम गर्न निर्देशन दिएको थियो। 

त्यसलाई अटेर गरेपछि कालोसूचीमा राखेर थप कारवाही गर्ने निर्णय भएको थियो। त्यस्तै, कालोसूचीमा राखिएको हेर्दाहेर्दै डट कमले स्थानीय तहको चुनावको मौन अवधिका बेला भ्रमपूर्ण समाचारलाई ब्यानर बनाएको र हटाउनका लागि पटक पटक निर्देशन दिँदा पनि अटेर गरेको थियो। 

दशैं यता मात्र काउन्सिलले यी दुई सहित विभिन्न ९ सञ्चारमाध्यमलाई आचारसंहिता उल्लंघन भएको ठहर गर्दै कालोसूचीमा राखेको छ। आगामी दिनमा गल्ती नदोहोर्याउने, आचारसंहिताको पालना गर्ने भन्दै लिखित निवेदन परेपछि ती मध्ये एक सञ्चारमाध्यमको कारवाही फुकुवा समेत भएको काउन्सिल स्रोतले जानकारी दियो। 

Laxmi sunrise bank
kumari

आचारसंहिताको पूर्ण पालना गराई स्वस्थ, मर्यादित र विश्वसनीय पत्रकारिता विकास गर्न यसअघि सर्वोच्च अदालत, उच्च अदालतसहितबाट भएका फैसला, नजीरसमेतका आधारमा काउन्सिलले मापदण्ड र कार्यविधि बनाई काम गर्दै आएको छ। 

केही अनलाइन र युट्युव च्यानलले गरेका गलत काम र वेथिति रोक्न अभिमुखिकरण गराउने देखि आचारसंहिताको प्रावधान अनुसार कारवाही गर्न अदालतबाट आदेश जारी भएको थियो। सोही नजीरमा टेक्दै काउन्सिलले कार्यविधि बनाई पछिल्लो समय सक्रियता देखाइरहेको छ। प्रेस काउन्सिलले विभिन्न युट्युब च्यानल, सामाजिक सञ्जालका ग्रुपसहितमा स्वअनुगमन समेत गरिरहेको छ।

पत्रकारिताको मूल्य र मान्यताविपरित, गलत, समाजमा उत्तेजना, अफवाह फैलाउने, सामाजिक सद्भाव भड्काउने, अर्यादित र अश्लील सामग्री सम्प्रेषण नगर्न काउन्सिलले विज्ञप्तिमार्फत पटक पटक आग्रह गर्दै आएको छ।

प्रकाशित: Dec 27, 2024| 08:48 शुक्रबार, पुस १२, २०८१
प्रतिक्रिया दिनुहोस्