बिहीबार, जेठ २१, २०८३

झापाको हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्रे

 |  शुक्रबार, पुस १२, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १२, २०८१

बनियानी- झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ। स्थानीय तह पुनःसंंरचना भएपछि हल्दिबारी गाउँपालिकाले यहाँका मुख्य सडक कालोपत्र गरेको हो।

National life

गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनका अनुसार गाउँपालिकाको आन्तरिक स्रोत वार्षिक रू एक करोड ५० लाखबाट कालोपत्र थालिएको जानकारी दिँदै सङ्घ र प्रदेशबाट पर्याप्त बजेट प्राप्त नहुँदा नागरिकको माग अनुसार काम गर्न नसकिएको बताए।

गाउँपालिकाले चालु आर्थिक वर्षमा १६ किलोमिटर सडक निर्माण पूरा गर्ने लक्ष्यका साथ धमाधम काम गरिरहेको छ।

काठ र बाँसबाट बनेका पुल विस्थापित गर्ने गाउँपालिकाको अभियानअन्तर्गत एक सय वटाभन्दा बढी त्यस्ता पुल विस्थापित गरी पक्की पुल र कल्भर्ट निर्माण गरिएको जानकारी उनले दिए।

यसैबीच, बहुवर्षे योजनाअन्तर्गत भुतेनी र भुसुडी खोलामा पक्की पुल निर्माण भइरहेको छ। दुवै खोलामा पुल निर्माणका लागि रू पाँच करोड ५० लाख बराबरको बोलपत्र आह्वान गरे पनि रू चार करोड ६७ लाखमा सम्झौता भएर ७० प्रतिशत कार्य सम्पन्न भएको छ।

Shivam cement

प्रकाशित: Dec 27, 2024| 08:45 शुक्रबार, पुस १२, २०८१
प्रतिक्रिया दिनुहोस्