बिहीबार, जेठ २१, २०८३

नयाँ मौसमी प्रणाली भित्रिँदै, पानी पर्ने सम्भावना

 |  बिहीबार, पुस ११, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ११, २०८१

काठमाडौं- शुक्रबार साँझदेखि अर्को पानी पार्ने प्रणाली नेपाल भित्रिन लागेको जल तथा मौसम विज्ञान विभागले बताएको छ।

National life

बिहीबार अपराह्न विशेष बुलेटिन जारी गर्दै विभागले पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझबाट नेपालका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको बताएको छ।

उक्त प्रणालीको प्रभावका कारण शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरूमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागको भनाइ छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

यो प्रणालीको असरले तापक्रमसमेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको महाशाखाले बताएको छ। वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई पनि विभागले अनुरोध गरेको छ।

Shivam cement

प्रकाशित: Dec 26, 2024| 16:57 बिहीबार, पुस ११, २०८१
प्रतिक्रिया दिनुहोस्