शुक्रबार, चैत २९, २०८१

मंकीपक्स संक्रमितको स्वास्थ्य सुधारोन्मुख

 |  बिहीबार, पुस ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ११, २०८१

vianetvianet

काठमाडौं- मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख  छ।

triton college

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए।

उनले निजको अवस्था सामान्य रहेको बताए। मङ्कीपक्स संक्रमण भएकालाई कम्तिमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरुप गरिएको जानकारी निर्देशक बसौलाले जानकारी दिए। 

साउदी अरवबाट आएका ती युवकमा यही पुस ५ गते मङ्कीपक्स संक्रमण भएको पुष्टि भएको थियो। सोही दिनदेखि उनको शुक्रराज अस्पतालमा उपचार जारी छ।

प्रकाशित: Dec 26, 2024| 17:31 बिहीबार, पुस ११, २०८१
प्रतिक्रिया दिनुहोस्