शुक्रबार, पुस ४, २०८२

दुई जिल्ला जोड्ने सडक पाँच वर्षदेखि निर्माण रोकियो

 |  बिहीबार, पुस ११, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ११, २०८१

ढोरपाटन- बागलुङको मालढुङ्गादेखि गुल्मीको शान्तिपुर जोड्ने सडक निर्माण पाँच वर्षदेखि रोकिएको छ। निर्माण कम्पनीले काम नगरेपछि उक्त सडक निर्माण हुन नसकेको हो। विसं २०६६ मा ट्र्याक खुलेको सडक स्तरोन्नति गर्न विसं २०७६ मा ठेक्का लगाइएको थियो।

National life

मालढुङ्गा–कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्तर्गत रुम्टा–राङ्खानी खण्डको १० किलोमिटर सडक निर्माण हुन नसकेको हो। सडक कालोपत्रका लागि पाँच वर्ष अगाडि क्याराभान एण्ड शर्मा जेभीले ठेक्का लिएको पूर्वाधार विकास कार्यालय बागलुङका सूचना अधिकारी दीपेश रिगलले जानकारी दिए।

उनका अनुसार निर्माण कम्पनीले रु २८ करोड ५८ लाख ५७ हजार आठ सय १७ मा ठेक्का लागेको थियो। विसं २०७८ मा सम्पन्न गर्ने गरी जिम्मा लिए पनि चार पटकसम्म म्याद थप गर्दा करिब ५८ प्रतिशत मात्रै भौतिक प्रगति भएको कार्यालयले जनाएको छ। आगामी चैत मसान्तसम्मका लागि अन्तिम पटक म्याद थप गरे पनि फिल्डमा काम सुरु नभएको उहाँको भनाइ छ। 

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले निर्माण कम्पनीलाई बारम्बार काम गर्न आग्रह गरे पनि अटेर गरेको बताए। ट्रयाक खुलेको १५ वर्ष बित्न लाग्दासम्म सडक स्तरोन्नति नहुँदा दक्षिण बागलुङ र गुल्मीका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको उनको भनाइ छ। दैनिक सयौँ यात्रुले यात्रा गर्ने सडक साँघुरो र अप्ठ्यारो हुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

प्रकाशित: Dec 26, 2024| 10:31 बिहीबार, पुस ११, २०८१
प्रतिक्रिया दिनुहोस्