बिहीबार, पुस ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

धनगढी-दिपायल सडकमा पुल निर्माणमा बजेट अभाव

 |  बुधबार, पुस १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस १०, २०८१

ntc landingntc landing

कैलाली- धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा निर्माणाधीन आठ पुलको काम प्रभावित भएको छ। धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको हो।

himalayan bank box

उक्त सडक आयोजना कार्यालयले तीन वर्षअघि २०७८ माघमा छवटा र २०७९ जेठमा दुई गरी आठ पुल निर्माणका लागि रु २८ करोड ७५ लाखमा ठेक्का लगाएको थियो। पर्याप्त बजेट विनियोजन नहुँदा पुल निर्माणको कामले गति लिन नसकेको इन्जिनियर रैखोलाले जानकारी दिए।

आयोजना कार्यालयले दिएको जानकारीअनुसार चप्टे नदीमा पुल निर्माण गर्न रु दुई करोड ९७ लाख, मटेलीमा रु तीन करोड २६ लाख र चौकीगडा पुलका लागि रु चार करोड ७० लाखमा तथा सलेनामा सालाकोट पुल निर्माण गर्न रु तीन करोड ५१ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो।

यसैगरी, कालाखोल–लामगाडा पुल रु चार करोड पाँच लाख, नकुराडी खोलाको पुल रु तीन करोड ८२ लाख, कैलालीको हाटखोली र ग्वासी खोलामा बन्ने पुलका लागि क्रमशः रु पाँच करोड १९ लाख तथा चार करोड ५० लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको इन्जिनियर रैखोलाले बताए।

आठवटै पुलका निर्माणका लागि गत आर्थिक वर्ष २०८०/८१ मा रु ४०/४० लाखका दरले बजेट विनियोजन गरिएको थियो भने चालु आर्थिक वर्ष २०८१/८२ मा रु ८०÷८० लाखका दरले प्रतिपुल निर्माण गर्न बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

vianet

धनगढीदेखि बझाङको थलारासम्मको एक सय ८६ किलोमिटर सडकमा २३ किलोमिटर सडक कालोपत्र भएको छ भने ३६ किलोमिटर सडक कालोपत्र गर्न तीन खण्डमा ठेक्का लगाइएको सडक आयोजना कार्यालयले जनाएको छ।   -रासस

प्रकाशित: Dec 25, 2024| 19:01 बुधबार, पुस १०, २०८१
प्रतिक्रिया दिनुहोस्