बिहीबार, जेठ २१, २०८३

पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै

 |  बुधबार, पुस १०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, पुस १०, २०८१
National life
Shivam cement

पाल्पा- रामपुरलाई नमूना सहरका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिका क्षेत्रमा सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ। 

ग्रामीण विकास तथा साना सहरी पूर्वाधार आयोजना अन्तर्गतको रामपुर नगरपालिका वडा नं ५ र ६ मा पर्ने सहायक सडकको स्तरोन्नति थालिएको हो। लुम्बिनी प्रदेश सरकार, सहरी विकास मन्त्रालयमार्फत नौ किलोमिटर सडक स्तरोन्नति हुनेछ। 

छब्बीस करोड ७१ लाखको लागतमा थालिएको सडकको स्तरोन्नति रामपुर नगरपालिकामा अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना हो। रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलका अनुसार  दैनिक एक सय कामदार परिचालन भएका छन्। आयोजनाबाट रामपुरको पर्यटन, कृषि, उद्योग, व्यापार, व्यवसाय विस्तारमा योगदान पुग्ने उनले बताए। रासस

प्रकाशित: Dec 25, 2024| 11:01 बुधबार, पुस १०, २०८१
प्रतिक्रिया दिनुहोस्