शनिबार, पुस २७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

काठमाडौं उपत्यकामा आज आंशिक बदली हुने

 |  बुधबार, पुस १०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, पुस १०, २०८१

ntc landingntc landing

काठमाडौं- हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

himalayan bank box

आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौँ उपत्यकाको आकाशमा पश्चिमी न्यूनचापीय प्रणालीका कारण बादल लागेको छ। मध्याह्नतिर यो हट्ने छ। साथै मङ्गलबारको तुलनामा आज मौसम सफा रहने। यहाँ अहिलेको तापक्रम ७.५ मापन गरिएको छभने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहनेछ।

विभागले बिहीबार बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्ने भएकाले स्वास्थ्य, यातायात, नागरिक उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ।

प्रकाशित: Dec 25, 2024| 07:42 बुधबार, पुस १०, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्