बुधबार, साउन १३, २०८३

ओपो एफनाइन जेड ग्रिन लिमिटेड एडिशन सार्वजनिक हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विभिन्न उत्सव, चाडपर्व लगायतको अवसर पारी आफ्ना फोनका विभिन्न मोडलमा आधारित लिमिटेड एडिसन स्मार्टफोन सार्वजनिक गर्दै आइरहेको ओपोले  अंग्रेजी नयाँ बर्षको अवसर पारेर ओपो एफनाइनको जेड ग्रिन लिमिटेड एडिसन सार्वजनिक गर्ने तयारी गरिरहेको छ। 

नयाँ सुरुवातको उत्सव !

अहिलेसम्म सार्वजनिक गर्ने निश्चित मितिको निर्क्यौल भई नसकेको भएपनि ओपो एफनाइन जेड ग्रिन जनवरी महिनाभित्र नेपाली बजारमा उपलब्ध गराउने जनाएको छ। विभिन्न ग्राडियण्ट रंगमा सार्वजनिकगरिएकाओपो एफनाइन आफ्नो आकर्षक रंग र डिजाइनका कारण नेपाली उपभोक्ता माझ निकै लोकप्रिय छन्।

कम्पनीले विशेष आफ्ना उपभोक्ताका लागि ओपो एफनाइनलाई जेड ग्रिन रंगमा सार्वजनिक गर्ने योजना बनाएको हो। हरियो, सेतो र सुनौलो रंगको सम्मिश्रण सहित सार्वजनिकको तयारीमा रहेको जेड ग्रिनवास्तवमै निकै आकर्षक छ। तर, एफनाइनका अघिल्ला संस्करणमा झै यसमाभने फोनको पछिल्तिर डायमण्ड प्याटर्नको प्रयोग नगरिएको झैँ देखिएको छ।

फोनको अघिल्तिर डिस्प्लेको माथिल्लो भागमाओपोको सिग्नेचर वाटरड्रप (पानीको थोपा) झैँ देखिने नोचको ब्यवस्थागरिएको छ। एफनाइनमा ९०.८ प्रतिशत डिस्प्ले ओगट्ने गरी यस श्रेणीको फोन मध्यकै उच्च स्क्रिन टू बडी रेसियोको प्रयोग गरिएको छ । जेड ग्रिनफोनमापनि यसैलाई निरन्तर्ता दिइएको देखिन्छ।

फोनको प्यानललाई कोर्निङ गोरिल्लाग्लास ६ मार्फत सुरक्षाप्रदानगरिएको छ । कम्पनीको दावीअनुसार गोरिल्लाग्लास ५का तुलनामा ६ले दोब्बर सुरक्षाप्रदानगर्ने क्षमता राख्छ। फोनमा रहेको नोचमा सेल्फीकालागि २५ मेगापिक्सेलको क्यामेरा र पोट्र्रेर तथाबोके शट्सका लागि१६ एमपीका साथमा २ एमपी डेप्थ सेन्सर सहितकाक्यामेराको ब्यवस्थागरिएका छन्।

ओपो एफनाइनमाकम्पनीले प्रोशेसरका रुपमा ४ जीबी र्‍याम र ६४ जीबी रोमका साथमा मिडियाटेक हिलियो पी६० उपलब्धगरिएको छ। फोनको निरन्तर प्रयोगमा सघाउने सोचका साथकम्पनीले यसमाभोक फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने ३ हजार ५ सय एमएएचक्षमता सहितको ब्याट्री जडान गरेको छ। यसले मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टक टाइम दिने क्षमता राख्छ।

ओपो एफनाइन जेड ग्रिन लिमिटेड एडिसनको मूल्यकाबारेमातत्कालकुनै जानकारी प्राप्तभइसकेको छैन । तथापी, यसको बजार मूल्यअहिले बजारमा उपलब्ध ओपो एफनाइनकै हाराहारीमाहुने अनुमान गरिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्