बुधबार, साउन १३, २०८३

सिटिजन्सको ८१ औं शाखा कैलालीको मोहन्यालमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- “योर पार्टनर फोर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी अनवरत नेपाली जनताको घरदैलोमा बैंकिंङ सेवा पुर्‍याँउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शुक्रबार बैंकको ८१ औं शाखा कैलालीको मोहन्यालमा संचालनमा ल्याएको छ।

सरकारले वित्तीय पहुँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवद्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अबलम्बन गरेको छ। यसलाई मुर्तरुप प्रदान गर्न, यस बैंकले मोहन्याल शाखा संचालनमा ल्याएको हो। 

संघीयतालाई दह्रो र सहज बनाउन अतुलनीय भूमिका निर्वाह गरेको बैंकले दुर्गम क्षेत्रमा १६ वटा शाखाहरु संचालनमाल्याईसकेको छ । नियमनकारी निकायको निर्देशनअगावै यस बैंकले नेपालकोदुर्गम क्षेत्रमाशाखाहरू विस्तार गरि सकेको थियो। 

२०६८ सालमाहुम्लाको सिमिकोट र २०७१सालमाडोल्पामाशाखाखोलिनु यसका केहि अनुपमउदहारणहरु हुन ।मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवालिनजिल्ला सदरमुकामवाशहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्यगर्नका निम्तिबैंकले सहयोग गरेको छ।
 
नेपालीजनताको घरदैलोमा बैंकिंग सेवा पुर्‍याँउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिब चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदानगर्दै आएको छ। 

आफ्नो ग्राहक वर्गहरुलाई विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनिउपलब्ध गराउँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्