बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्माको जित निश्चित, घोषणा आइतबार

पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्माको जित निश्चित, घोषणा आइतबार

 |  शनिबार, मंसिर २९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २९, २०८१

काठमाडौं- नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको जित निश्चित भएको छ।

National life

शनिबार बेलुका सात बजेसम्मको गणनामा शर्मा एक हजार भन्दा बढी मतले अगाडि छिन्। उनले ३ हजार ९७३ मत पाउँदा अध्यक्षका अर्का प्रत्यासी रमेश विष्टले २ हजार ८२९ मत प्राप्त गरेका छन्।

शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् भने विष्टले प्रेस युनियनमा विद्रोह गरेर उम्मेदवारी दिएका हुन्। उनलाई माओवादी निकट प्रेस सेन्टर र नेकपा एस निकट समाजवादी प्रेस संगठनको समर्थन थियो।

महासचिवमा शर्मा प्यानलकै रामप्रसाद दाहाल पनि जित नजिक पुगेका छन्। कोषाध्यक्षमा प्रेस सेन्टरका रामकृष्ण अधिकारीबाहेक पदाधिकारीका अन्य सबै पदमा शर्मा प्यानलका उम्मेदवारको जित निश्चित छ।

अध्यक्षमा शर्मा, विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि उम्मेदवार थिए।

Shivam cement

केन्द्रीय निर्वाचन समितिले सबै मतपरिणाम आइतबार एकैपटक सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित: Dec 14, 2024| 21:13 शनिबार, मंसिर २९, २०८१
प्रतिक्रिया दिनुहोस्