मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मधेश प्रदेश स्थानीय तहका कर्मचारी पदस्थापनाको माग गर्दै आन्दोलनमा

मधेश प्रदेश स्थानीय तहका कर्मचारी पदस्थापनाको माग गर्दै आन्दोलनमा

 |  शनिबार, मंसिर २९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २९, २०८१

जनकपुरधाम- मधेश प्रदेशअन्तर्गत स्थानीय तहका कर्मचारीहरू पदस्थापनाको माग गर्दै आन्दोलनमा उत्रेका छन्।

National life

प्रदेशअन्तर्गत स्थानीय तहका प्राविधिक, लेखा, राजस्व, प्रशासनलगायत विभिन्न समूहका एक सय ६० कर्मचारीहरू पदस्थापनाको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाममा धर्नामा बसेका छन्।

पटकपटक लिखित तथा मौखिक रूपमा जानकारी गराए पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको कर्मचारीहरूको गुनासो छ।

एक वर्षअगाडि सङ्घीय लोकसेवा आयोगबाट उत्तीर्ण भई मधेश प्रदेशमा पदस्थापनाका लागि सिफारिस भएका कर्मचारीहरू कामविहीन भएपछि आन्दोलनमा उत्रेको स्थानीय तह कर्मचारी आन्दोलन समितिका संयोजक वीरबहादुर सलौराले बताए। सुरुदेखि नै पटकपटक समस्या समाधानका लागि माग गरिए पनि प्रदेश सरकारले पदस्थापना नगरेको उनले बताए। यहाँ स्थानीय तहका एक हजार कर्मचारी कार्यरत रहेका बताइएको छ।

सङ्घीय लोकसेवा आयोगबाट अन्य प्रदेशमा सिफारिस भएका कर्मचारीहरूको पदस्थापना भए पनि मधेश प्रदेशका कर्मचारीहरूको पदस्थापना नभएको सलौराले बताए। पदस्थापना नभएकाले थप सेवासुविधासमेत पाउन समस्या भएको आन्दोलनरत कर्मचारीहरूको भनाइ छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 14, 2024| 18:01 शनिबार, मंसिर २९, २०८१
प्रतिक्रिया दिनुहोस्