बुधबार, जेठ २०, २०८३

अनुसन्धान अधिकृतलाई घुस दिन खोज्ने पक्राउ

 |  शनिबार, मंसिर २९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २९, २०८१

काठमाडौं- भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ। आममानिसले मात्रै नभइ स्वयम् आयोगले समेत नपत्याउने घटना शुक्रबार भएको छ।

National life

आयोगले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवम् हाल नुवाकोटको किस्पाङ गाउँपालिकामा सोही पदमा कार्यरत धुव्रप्रसाद सापकोटासँग जोडिएको एक मुद्दामा अनुसन्धान गरिरहेको थियो।

मेल्लेख गाउँपालिकाको मेसिनरी सामान खरिदसम्बन्धी उजुरीको अनुसन्धानका क्रममा स्थलगत मुचुल्का र आरोपीको बयानसमेत भइसकेको छ। अनुसन्धानको क्रममा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी अनुसन्धान अधिकृतलाई कागजातसहितको खाम सापकोटाले बुझाउन खोजेका थिए।

अनुसन्धान अधिकृतले आफैले खाम खोल्न आग्रह गरेका थिए। सापकोटाले बोकेको हरियो रङ्गको झोलाभित्र रहेको पहेँलो खाममा ३१ थान कागजात र अर्को खामभित्र एक हजार दरको ९६ वटा र पाँच सय दरको आठ थान गरी एक लाख रूपैयाँ रकम रहेको आयोगले जनाएको छ।

अनुसन्धान अधिकृतले यो केको पैसा हो? भनी प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मुद्दा मिलाइदिन भनी स्वेच्छाले ल्याएको बताएका थिए। सापकोटाले आयोगका अनुसन्धान अधिकृतलाई घुस दिने उद्देश्यले ल्याएको उक्त रकमसहित पक्राउ गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

Shivam cement

आयोगको कञ्चनपुर कार्यालयबाट शुक्रबार सापकोटालाई घुस रकमसहित पक्राउ गरिएको हो। रासस

प्रकाशित: Dec 14, 2024| 14:42 शनिबार, मंसिर २९, २०८१
प्रतिक्रिया दिनुहोस्