नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितको टोलीले ६ हजार १४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका छन्।
शर्माले बिहीबार लोबुचेको सफल आरोहण गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्। ‘मंसिर २७ गते राति ११:३० बजे बेसक्याम्पबाट लक्ष्यतर्फ बढेर हिजो मंसिर २८ गते बिहान ६:४५ बजे लोबुचे हिमालको सफल आरोहण,’ शर्माले लेखेका छन्, ‘आरोहणको समयमा स्वर्गीय अनुभूति भयो ।’
मंसिर २१ मा प्रारम्भ भएको खुम्बु पदयात्रा क्रममा लुक्ला, फाक्दिङ, नाम्चे, तेङ्बोचे, दिबुचे, दिङ्बोचे, थुक्ला र लुबुचे हाइक्याम्प हुँदै पदयात्रा थामसेर्कु, आमादब्लम, चोलात्से, आइल्याण्ड पिक, तबुचे, पुमरी, मकालु लगायतको हिमालको अवस्थालाई पनि नजिकबाट दृश्यावलोकन गरेको उनले बताएका छन्।