मंगलबार, असार १०, २०८२

मधेश प्रदेश स्थानीय तहका कर्मचारी आन्दोलनमा

 |  शनिबार, मंसिर २९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २९, २०८१

vianetvianet

जनकपुरधाम- मधेश प्रदेशअन्तर्गत स्थानीय तहका कर्मचारीहरू पदस्थापनाको माग गर्दै आन्दोलनमा उत्रेका छन्।

प्रदेशअन्तर्गत स्थानीय तहका प्राविधिक, लेखा, राजस्व, प्रशासनलगायत विभिन्न समूहका एक सय ६० कर्मचारीहरू पदस्थापनाको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरमाधमा धर्नामा बसेका छन्।

पटकपटक लिखित तथा मौखिक रूपमा जानकारी गराए पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको कर्मचारीहरूको गुनासो छ।

एक वर्षअगाडि सङ्घीय लोकसेवा आयोगबाट उत्तीर्ण भई मधेश प्रदेशमा पदस्थापनाका लागि सिफारिस भएका कर्मचारीहरू कामविहीन भएपछि आन्दोलनमा उत्रेको स्थानीय तह कर्मचारी आन्दोलन समितिका संयोजक वीरबहादुर सलौराले बताए। सुरुदेखि नै पटकपटक समस्या समाधानका लागि माग गरिए पनि प्रदेश सरकारले पदस्थापना नगरेको उनले बताउ। यहाँ स्थानीय तहका एक हजार कर्मचारी कार्यरत रहेका बताइएको छ।

सङ्घीय लोकसेवा आयोगबाट अन्य प्रदेशमा सिफारिस भएका कर्मचारीहरूको पदस्थापना भए पनि मधेश प्रदेशका कर्मचारीहरूको पदस्थापना नभएको सलौराले बताए। पदस्थापना नभएकाले थप सेवासुविधासमेत पाउन समस्या भएको आन्दोलनरत कर्मचारीहरूको भनाइ छ। 

प्रकाशित: Dec 14, 2024| 08:49 शनिबार, मंसिर २९, २०८१
प्रतिक्रिया दिनुहोस्