शनिबार, साउन ३०, २०८३

मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए

 |  शुक्रबार, मंसिर २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २८, २०८१

मकवानपुर- राक्सिराङ गाउँपालिका–५ इन्चराङस्थित काँकडा जाने भित्री सडकखण्डमा आज एक युवकको शव भेटिएको छ। 

उक्त शव मकवानपुरको राक्सिराङ गाउँपालिका–८, शिखरपुर ठेगाना भई हाल बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२२ बस्ने २१ वर्षीय समिर सुनारको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। 

प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार मृतकको भिनाजु नाता पर्ने मिलन घतानेले शवको सनाखत गरेका हुन्। 

प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा अनुसन्धानका साथै कानुनी प्रक्रिया अगाडि बढाएको छ। सुनारको शव हाल हेटौँडा अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। 

प्रकाशित: Dec 13, 2024| 18:26 शुक्रबार, मंसिर २८, २०८१
प्रतिक्रिया दिनुहोस्