मंगलबार, पुस १, २०८२

सामुदायिक वनभित्र कृत्रिम पोखरी निर्माण

 |  शुक्रबार, मंसिर २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २८, २०८१

कञ्चनपुर- वन्यजन्तुलाई पानी पिउनका लागि शुक्लाफाँटा नगरपालिका-२ का सामुदायिक वनभित्र तीन वटा कृत्रिम पोखरी निर्माण गरिएका छन्।

National life

सुनदेवी उपभोक्ता समितिले तराई भूपरिधि कार्यक्रम(ताल)को तीन लाख रुपैयाँ सहयोगमा वातावरण मध्यवर्ती सामुदायिक वनमा दुई र नागेश्वर मध्यवर्ती सामुदायिक वनभित्र एक गरी तीन वटा कृत्रिम पोखरी निर्माण गरेका हुन्।

पोखरीमा बाह्रै महिना पानीको व्यवस्था मिलाउन ‘बोरिङ’ जडान गरिएका छन्। निर्माण गरिएका तीन वटै पोखरी ८० हजार लिटर क्षमताका छन्।

निर्माण गरिएका पोखरीबाट वन्जयजन्तुलाई सुख्खायाममा पानी पिउन सहज भएको वन उपभोक्ता भरतबहादुर विष्टले बताए। पानीको व्यवस्था गरेपछि विगतमा झैँ पानीको खोजी गर्दै बस्तीसम्म जङ्गली जनावर आउने क्रम रोकिएको विष्टको भनाइ छ। 

पोखरी निर्माणले सामुदायिक वनभित्र जङ्गली जनावरको आवतजावत बढेको नागेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जयबहादुर ऐरले बताए।

Laxmi sunrise bank
kumari

'सुख्खायाममा सामुदायिक वनभित्र पिउने पानी व्यवस्था नहुँदा विगतमा थोरै मात्रै जनावर देखा पर्ने गरेका थिए', उनले भने। रासस

प्रकाशित: Dec 13, 2024| 20:31 शुक्रबार, मंसिर २८, २०८१
प्रतिक्रिया दिनुहोस्