मंगलबार, पुस १, २०८२

धरौटी बुझाएर छुटे दुर्गा प्रसाईं, लगत्तै पक्राउ

 |  बिहीबार, मंसिर २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २७, २०८१

मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटी बुझाएर छुट्नेबित्तिकै फेरि पक्राउ परेका छन्।

National life

जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहीबार प्रसाईंसँग ४० हजार धरौटी माग गरेपछि उनी धरौटी बुझाएका थिए।

नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराध कसुरमा प्रसाईंलाई पक्राउ गरेको थियो। उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत धरौटी माग भएको थियो।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार प्रसाईंमाथि साइबर ब्युरोले अनुसन्धान गरेको थियो। यसमा धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो।

धरौटी बुझाएपछि रिहा भएका प्रसाईंलाई प्रहरीले पुन: पक्राउ गरेको हो। प्रसाईंमाथि संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान भइरहेकोले उनलाई फेरि नियन्त्रणमा लिनुपरेको हो।

Laxmi sunrise bank
kumari

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रसाईंमाथि भारतमा मानिस राखेर व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा अनुसन्धान गरिरहेको छ।

प्रसाईंविरूद्ध संगठित अपराध कसुर पनि लागेकोले यसमा अदालतबाट म्याद लिई ६० दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न सक्छ। प्रसाईं मंसिर ४ गते पक्राउ परेका हुन्।

प्रकाशित: Dec 12, 2024| 19:08 बिहीबार, मंसिर २७, २०८१
प्रतिक्रिया दिनुहोस्