मंगलबार, असार १७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश, तर उनी छुट्न पाउँदैनन्

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश, तर उनी छुट्न पाउँदैनन्

 |  बिहीबार, मंसिर २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २७, २०८१

vianetvianet

काठमाडौं- साइबर अपराधको कसूरमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले  ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ।

बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्‍न आदेश दिएको हो। अदालतको आदेश भए पनि उनी तत्काल छुट्‍न भने पाउने छैनन् किनकी  आपराधिक विश्वासघातको कसूरमा सीआईबीले उनीमाथि अनुसन्धान गरिरहेको छ।

यसअघि उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो। प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो।

प्रकाशित: Dec 12, 2024| 16:36 बिहीबार, मंसिर २७, २०८१
प्रतिक्रिया दिनुहोस्