बुधबार, जेठ २०, २०८३

कालीगण्डकी करिडोर : पहिरोग्रस्त क्षेत्रमा निर्माण रोकियो

 |  बिहीबार, मंसिर २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २७, २०८१

नवलपुर- गण्डकी प्रदेशलाई उत्तरबाट दक्षिण जोड्ने प्रमुख राजमार्गको रूपमा निर्माण भइरहेको कालीगण्डकी करिडोरको नवलपुर खण्ड (पहिरोग्रस्त क्षेत्रबाहेक) निर्माण सम्पन्न भएको छ।

National life

गैँडाकोटबाट पाल्पाको राम्दीसम्मको एक सय ३२ किलोमिटरमध्ये एक सय २७ किमी सडक कालोपत्र गरिएको सडक कालीगण्डकी करिडोर (गैँडाकोट-राम्दी-मालढुंगा) खण्ड योजनाले जनाएको छ। योजनाका अनुसार नवलपुरको विभिन्न स्थानमा गरी एक हजार छ सय ८० मिटर पहिरोग्रस्त क्षेत्र भएकाले पाँच किमी सडक निर्माण गर्न सकिएको छैन।

पहिरो गएको ठाउँ छोडेर यस खण्डको बाँकी सबै काम सकिएको योजनाका सूचना अधिकारी इञ्जिनीयर अरुण खत्रीले जानकारी दिए। 'नवलपुरको विभिन्न छ स्थानमा गरी करिब एक हजार सातसय मिटरमा ठूलो पहिरो झर्ने गरेको छ', उनले भने, 'पहिरो रोकथाम नगरी सडक स्तरोन्नति गर्दा उपलब्धिमूलक नहुने लागेर कालोपत्र गरिएको छैन ।' 

पहिलोग्रस्त क्षेत्रमा जोखिम अत्यधिक भएकाले पहिरो जाने ठाउँमा पाँच किमी सडक कालोपत्र नगरी राखिएको खत्रीले बताए। 'उक्त स्थानमा पहिरो खसेमा पहिरो सफा गरी यातायात सञ्चालन गर्ने गरिएको छ', उनले भने, 'पहिरोग्रस्त क्षेत्रमा जियोलोजिकल÷जियोटेक्निकल (भूविज्ञान तथा भू-प्राविधिक) अध्ययन गरेर रोकथामको काम गर्न सकिन्छ।'

भूविज्ञान तथा भू-प्राविधिक अध्ययनबाट औँल्याइए बमोजिमको डिजाइन एवं प्रविधिबाट पहिरोको रोकथाम तथा सडक स्तरोन्नतिका लागि सडक विभागमा अनुरोध गरिएको योजनाका सूचना अधिकारी खत्रीले बताए। 'भू-प्राविधिकको अध्ययनबाट आएका सुझावअनुसार निर्माण गरिने छ', उनले भने, 'यसखण्डको सबैभन्दा ठूलो पहिरो काउडे भिरमा पाँच सय ५० मिटर रहेको छ।' 

Shivam cement

तरङ्गे खोलामा चार सय ५० मिटर, बतासे डाँडाको दुई ठाउँमा गरी दुई सय २० मिटर, मोचडाँडा दुईसय ६० मिटर र मचेडीमा दुईसय २० मिटर पहिरोको जोखिम क्षेत्र रहेको सूचना अधिकारी खत्रीले जानकारी दिए।

अन्य स्थानमा पनि सामान्य पहिरो खस्ने गरेकाले सामान्य पहिरो हटाउने गरिएको भन्दै ठूला पहिरो हटाउन बढी समय लाग्ने गरेको सूचना अधिकारी खत्रीले बताए। कालीगण्डकी कोरिडोरअन्तर्गत गैँडाकोट-राम्दी-मालढुंगा खण्डमा नवलपुरको गैँडाकोटबाट रामपुर-पिपलडाँडा-राम्दी-रानीमहल-रिडी-हर्मीचौर हुँदै बलेवा खण्ड करिब दुई सय ४० किमी रहेको उनले जानकारी दिए।

गण्डकी प्रदेशको दक्षिणी सिमाना नवलपुरको त्रिवेणी भन्सारबाट उत्तरी नाका कोरलासम्म पुग्नेगरी सडक निर्माण भइरहेको छ।

हालसम्म दक्षिण खण्डको भौतिक प्रगति ६६ दशमलव ५५ प्रतिशत भएको भन्दै योजनाका सूचना अधिकारी खत्रीले आर्थिक वर्ष २०८३/८४ सम्म सडक निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको जानकारी दिए। करिडोरको यस खण्डअन्तर्गत पर्ने दुई सय ४० किलोमिटर सडकमध्ये नवलपुरमा मात्रै ७८ किलोमिटर पर्दछ। रासस

प्रकाशित: Dec 12, 2024| 17:45 बिहीबार, मंसिर २७, २०८१
प्रतिक्रिया दिनुहोस्